LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

प्रदेश २ : बहुरुपियाहरु वाट सचेत रहन उपाध्यक्ष यादवको अपील

टुडेवाणी,

जनकपुरधाम : बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार  यादवले बहुरुपियाहरुवाट सचेत रहन अपिल गर्नु भएको छ ।

बौद्धिक पेशाकर्मी महासंघ धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष यादवले मधेश जनविद्रोह लगायतका पहिचानवादी आन्दोलनहरुवाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्न बहुरुपियाहरु विभिन्न भेषमा मधेशमा परिचालित भएको भन्दै त्यस्ता बहुरुपियाहरु वाट  सचेत हुनु पर्ने बताउनु भयो ।

जनमत र लोसपा प्रति इन्डिङ्ग गर्दै उपाध्यक्ष यादवले मधेश विद्रोहको बेला आन्दोलनका विपक्षमा रहेकाहरुले त्यहीआन्दोलनको दुहाई दिदै प्राप्त उपलब्धिहरुलाई समाप्त गर्न तल्लिन रहेको आरोप लगाउनु भयो ।

बौद्धिक पेशाकर्मी महासंघका प्रदेश सदस्य अमरेन्द्र झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य रामआशिष यादव, केन्द्रीय सदस्य डा.रामस्वार्थ राय, बेचन मुखिया, प्रदेश सदस्य शेषनारायण यादव,प्रेश मंचका उपाध्यक्ष आतिश मिश्रा लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर