LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रदेश २ : बहुरुपियाहरु वाट सचेत रहन उपाध्यक्ष यादवको अपील

टुडेवाणी,

जनकपुरधाम : बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार  यादवले बहुरुपियाहरुवाट सचेत रहन अपिल गर्नु भएको छ ।

बौद्धिक पेशाकर्मी महासंघ धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष यादवले मधेश जनविद्रोह लगायतका पहिचानवादी आन्दोलनहरुवाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्न बहुरुपियाहरु विभिन्न भेषमा मधेशमा परिचालित भएको भन्दै त्यस्ता बहुरुपियाहरु वाट  सचेत हुनु पर्ने बताउनु भयो ।

जनमत र लोसपा प्रति इन्डिङ्ग गर्दै उपाध्यक्ष यादवले मधेश विद्रोहको बेला आन्दोलनका विपक्षमा रहेकाहरुले त्यहीआन्दोलनको दुहाई दिदै प्राप्त उपलब्धिहरुलाई समाप्त गर्न तल्लिन रहेको आरोप लगाउनु भयो ।

बौद्धिक पेशाकर्मी महासंघका प्रदेश सदस्य अमरेन्द्र झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य रामआशिष यादव, केन्द्रीय सदस्य डा.रामस्वार्थ राय, बेचन मुखिया, प्रदेश सदस्य शेषनारायण यादव,प्रेश मंचका उपाध्यक्ष आतिश मिश्रा लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर