LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

जसपाको शक्ति मजबुत संगठन : जसपा नेता यादव

जनकपुरधाम : जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता जितेन्द्र यादवले शोषित पीडित मधेशी,दलित,आदिवासी जनजाति, मुस्लिम र पिछडावर्ग समुदायको अधिकार प्राप्तिका लागि देशमा वैकल्पिक शक्तिको रूपमा जसपा नेपाल पार्टीको उदय भएको कुरा बताउनुभएको छ।

जनकपुरधाममा गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै  नेता यादवले रुढीवादी विचारधाराबाट प्रभावित कांग्रेस र एमाले पार्टी प्रति मधेशी दलित, आदिवासी, जनजाति पिछडावर्गको विश्वास नरहेको कुरा औल्याउनु भयो।

उहाँले जसपा नेपाल पार्टीको शक्ति मजबुत संगठन र अनुशासित, प्रशिक्षित नेता कार्यकर्ताहरुको कुरा बताउनुभएको छ।

सो कार्यक्रममा  पुर्व प्रदेश सचिव शेषनारायण यादव, जिल्ला अध्यक्ष पशुपति यादव, बौध्दिक पेशा कर्मि महासंघ के केन्द्रीय उपाध्यक्ष जितेन्द्र यादव,जसपा नेता कार्यकर्ता सहितका वक्ताहरुले बोल्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर