LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

शहिदनगरमा पूर्वमन्त्री अरगरिया,मेयर बरबरियाद्वारा संकुक्त रुपमा कुस्तीको उद्घाटन

 

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ९ गोठकोयलपुरमा शिव लिङ्ग स्थापनाको अवसरमा बुधवारदेखि कुस्ती सुरु भएको छ ।

धनुषा क्षेत्र २ का संघीय सांसद एवं पूर्वमन्त्री उमाशंकर अरगरिया, शहिदनगरका मेयर उदय बरबरिया, वडाध्यक्ष रामदेव मरिक लगायतले संयुक्त रुपमा कुस्तीको उद्घाटन गरे । पूर्वमन्त्री अरगरियाले लोपोन्मुख कुस्ती खेल र पहलवानको संरक्षण सरकारले गर्नुपर्ने बताए । उनले राज्यको उदासिनताका कारण कुस्ती लोप हुन लागेकोमा चिन्ता व्यक्त गरे ।

गोठकोयलपुरमा निर्माण भएको महादेव मन्दिरमा कात्र्तिक ७ गते विशाल कलशयात्रा पश्चात शिवलिङ्ग स्थापना गरिएको थियो । खाडी मुलुकमा रहेका यहाँका यूवाहरुको चन्दा सहयोगबाट मन्दिर निर्माण भएको स्थानीय निशान्त यादवले बताए । उनका अनुसार शिवलिङ्ग स्थापनाको अवसरमा मेला लागेको छ । मेला समितिले आयोजना गरेको कुस्ती हेर्न बुधबार सर्वसाधारण उर्लिएको देखियो ।

कुस्ती हेर्न टाढा– टाढाका खेलप्रेमीहरु आएको थियो । कुस्ती खेलप्रति युवाभन्दा बृद्धहरुमा आकर्षण छ । नेपाल र भारतका पहलवान कुस्ती खेल्न आएका छन् । बिहीवार कुस्ती सम्पन्न हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर