LIVE NEWS
ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयोधनुषा–३ : स्वतन्त्र उम्मेदवार दिवाकर शाहप्रति जनताको विश्वास र समर्थन दिनप्रतिदिन बढ्दैराष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न 

नितम्ब ठूलो भएका महिलाहरु आकर्षक मात्र हुँदैनन्, स्वस्थ पनि हुन्छन् : अध्यन

टुडेवाणी,कार्तिक ९ गते ।

काठमाडौँ :  नितम्ब ठूलो भएका महिला आकर्षक मात्र हुँदैनन्, स्वस्थ पनि हुन्छन्: एक नयाँ अध्ययनबाट यो पत्ता लागेको छ कि, वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको खतरा कम हुन्छ ।

महिलाहरुमा नितम्ब ठूलो हुनुलाई कामुकतासँग जोडिन्छ । तर नितम्बको सम्बन्ध केवल कामुकतासँग मात्र छैन । वजन ठिक्क भएका तर जिउको अन्य भागको अनुपातमा नितम्बको आकार ठूलो भएका मानिसहरु समग्र स्वास्थ्यका दृष्टिले पनि भाग्यमानी र सुरक्षित हुन्छन् ।

वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको खतरा कम हुने एक अध्ययनले देखाएको छ ।सेल रिसर्च जनलमा छापिएको अध्ययन अनुसार जिउको तल्लो भागमा बोसो कम हुने मानिसमा हृदयरोग तथा मृत्युको आशंका बढि हुन्छ ।

तर यो नियम मोटोपनाले ग्रस्त मानिसहरुमा लागू हुँदैन । किनकी उनको फोक्सो तथा मुटुको आसपास पहिले नै बोसो जमिसकेको हुन्छ र त्यसले नितम्बमा बोसो जम्मा हुनुको कुनै अर्थ छैन ।

विज्ञका अनुसार नितम्ब र जाँघ भनेको जिउको बोसो सुरक्षित रुपमा तह लगाउने उपयुक्त ठाउँ हुन् । पेटको बोसोको तुलनामा नितम्ब वा जाँघको चर्पी धेरै अर्थमा उपयुक्त हुन्छ ।किनकी पेटको बोसोले रगतमा धेरै फ्याट्टी एसिड छाड्दछ । जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक वा कोलेस्ट्रोलको खतरा बढ्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर