LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अनारको जुसले १५ दिनमै बढाउँछ यौन क्षमता

दिनहुँ मात्रामा अनारको जुस पिउने महिला पुरुषमा यौन क्षमता तथा यौनइच्छा बढ्ने पछिल्लो अध्ययनले देखाएको छ ।

अनारको जुसले टेष्टेस्टेरोन हर्मोनको मात्रा बढाउने र त्यसले यौन क्षमता तथा यौनेच्छा दुवैमा वृद्धि गर्ने अध्ययनकर्ताहरुले बताएका छन् । बेलायतको क्विन मार्गरेट विश्वविद्यालयका शोधकर्ताले अनारको जुसले यौन क्षमता बढाउने तथ्य पुष्टि गरेका हुन् ।

२१ देखि ६४ वर्ष उमेर समूहका ५८ जना व्यक्तिमा उनीहरुले अध्ययन गरेका थिए। अध्ययनमा समावेस गराइएका ती मानिसहरुलाई पन्ध्र दिनसम्म लगातार हरेक दिन १ गिलास अनारको जुस पिउन दिइयो ।

पन्ध्र दिनपछि उनीहरुमा टेष्टेस्टेरोनको मात्रा १६ देखि ३० प्रतिशत सम्म बढेको थियो ।अनारको जुसले तनाव कम गर्न तथा बढि डराउने समस्या पनि कम सहयोग गर्ने तथ्य पनि वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर