LIVE NEWS
बाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षारसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रहमाटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धारशवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

“भ्रष्टचारी,तानासाह,ठेकेदार मेयर खबरदार”

टुडेवाणी,

“भ्रष्टचारी/तानासाह/ठेकेदार मेयर खबरदार” भन्ने नाराका साथ बलबा नगरपालिकाका नगरवासीहरुले आन्दोलन सुरु गरेका छन् ।

महोत्तरीस्थित बलबा नगरपालिकामा मंगलबारदेखि स्थानियवासीहरुले सात बुँदे माग राख्दै “भ्रष्टचारी/तानासाह/ठेकेदार मेयर खबरदार” भन्ने नाराका साथ धर्ना तथा शन्तिपूर्ण आन्दोलन गरेका हुन् ।

पालिकाका बासिन्दाले पटक पटक सूचना माग गर्दा पनि आफूले कुनै सूचना नपाएको हुँदा धर्ना तथा आन्दोलन कार्यक्रम थालनी गरेका स्थानीय युवाहरू बताउँछन ।

उक्त पालिकाका मेयर बिनोद यादवले जनकपुरधामबाटनै पालिकाको सम्पूर्ण कार्य गर्दै आएको तथा सूचना माग गर्दा सूचना पनि नदिएको भन्दै उक्त आन्दोलनका अगुवा ई. बसन्तराज साहले आरोप लगाउँदै केहीदिन अघि सूचनाको हक सम्बन्धि ज्ञापनपत्र समेत बुझाएको जानकारी दिएका थिए ।

उनले भने,‘ सात दिनभित्र पालिकाले कुनै प्रतिक्रिया नदिए आन्दोलतरतले समुह कडा रुपमा प्रस्तुत हुने चतावनी समेत दिएको जानकारी दिए ।

यसअघि सूचना माग गर्दा स्थानियले पालिकामा तालाबन्दीसमेत गरेका थिए ।उक्त शन्तिपूर्ण आन्दोलनमा राजनारायण साह, दिपेन्द्र यादव, उदय यादव, रामनन्दन साह लगायत स्थनियहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर