LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

सामलिंग पावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज, के तपाईले दिनु भयो त ?

कात्तिक ८ काठमाडौं । सामलिंग पावर कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । ४ कात्तिकदेखि निष्कासन खुला भएको आईपीओमा आइतबार कार्यालय समयभित्र आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार नौ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सीडीएसका अनुसार आइतबार ५ बजेसम्म १७ लाख ५८ हजार ४५० जनाले २ करोड ११ लाख ३२ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ३१ दशमलव १२ गुणा बढी आवेदन हो ।

कम्पनीले निष्कासन गर्ने सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर