LIVE NEWS
ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयोधनुषा–३ : स्वतन्त्र उम्मेदवार दिवाकर शाहप्रति जनताको विश्वास र समर्थन दिनप्रतिदिन बढ्दैराष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न 

सामुहिक बलात्कार गरी भिडियो बनाउने तीन पक्राउ

टुडेवाणी, कार्तिक ८ गते ।

घोराही । सामुहिक बलात्कारको भिडियो बनाउने तीन जना पक्राउ परेका छन् ।

महिलालाई प्रलोभन र प्रभावमापारी प्रेम गरेको नाटक गरेर जंगलमा लगि सामुहिक बलात्कार गरेको आरोपमा घोराहीका तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १० का २५ बर्षीय सुयोग योगी, २२ बर्षीय सुनिल पुन मगर, १९ बर्षीय दिनेश परियार रहेका छन् । अरु दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

पाँच जना युवाले आफुलाई जंगलमा लगि सामुहिक बलात्कार गरेको भनेर एक जना महिलाले असारमा र अर्कीले असोज ३१ गते किटानी जाहेरी दिएपछि आरोपित मध्य तीन जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान जारी रहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार पाँच जना युवाहरुले मिलेर सुरुमा महिलालाई आर्थिक सहायता गर्ने, मोटरसाईकलमा लिफ्ट दिने, अन्य हरेक कुराको साथ सहयोगको प्रलोभनमा पारेर माया प्रेम गरेको नाटक गरि जंगलमा पु¥याएपछि सामुहिक बलात्कार गरेका हुन् । उनीहरुले सामुहिक बलात्कारको भिडियो बनाउने, सुनका गरगहना समेत लुटपाट गर्ने, कसैलाई भनेमा ज्यान लिने धम्कि समेत दिदैँ आएका थिए ।

सामुहिक बलात्कारमा संलग्न भनिएका थप दुई जना फरारहरुको खोजी कार्य भइरहेको तथा घटनामा बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर