LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

पुरुषमा ‘सेक्स हर्मोन’ को कमि हुँदा देखिन्छन् यस्ता लक्षण, हेर्नुहोस्

पुरुषको शरीरमा बन्ने सेक्स हर्मोनलाई टेस्टोस्टेरोन भन्ने गरिन्छ । यो हर्मोनले पुरुषमा यौन इच्छा बढाउने काम गर्छ । यो हर्मोनको कमिले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन् । जस्तै :

धेरै थकाई लाग्नेः
धेरै थकाई लाग्नु टेस्टोस्टेरोन हर्मोन कमि हुनु हो । यो हर्मोनको कमि भएको महसुस शरीरमा उर्जाको कमि हुँदा कम हुने गर्छ । थकाई बढ्दो उमेर र डिप्रेशनमा पनि लाग्ने गर्छ । यदि धेरै थकाई लाग्ने गर्छ भने यो हर्मोनको जाँच गर्नुपर्छ ।

यौन जीवनमा परिवर्तनः

यो हर्मोनको कमिले यौन जीवनमा समेत असर पर्छ । यो हर्मोनको कमि हुँदा लिङ्ग उत्तेजित नहुने समस्या हुनसक्छ । टेस्टोस्टेरोनको कमिले यस्तो भएमा समयमा नै उपचार गराउँन आवश्यक हुन्छ । मधुमेह भएमा पनि यस्तो समस्या आउँछ ।

स्मरणशक्तिमा असरः
टेस्टोस्टेरोनको कमिले स्मरणशक्तिमा असर पु¥याउँछ । यसको कमि हुँदा कुनै एउटा कुरामा मात्र ध्यान केन्द्रित गर्न सम्भव हुँदैन । टेस्टोस्टेरोन हर्मोनको अत्यधिक कमिले ध्यान केन्द्रित नहुने समस्या देखिन्छ ।

मुड परिवर्तनः
टेस्टोस्टेरोन हर्मोनको कमिले मुडमा पनि असर पु¥याउँछ । यो हर्मोनको कमि हुँदा तपाई कुनै पनि कुराहरुलाई सही तरिकाले बुझ्न सक्नुहुन्न । यो हर्मोनको कमिले कतिपय पुरुषहरुको व्यक्तित्वमा समेत असर पार्छ ।

मांशपेशीमा परिवर्तनः
टेस्टोस्टेरोन हर्मोनले मांशपेशीहरु कमजोर हुन थाल्छन् । यसको कमिले शरीरका मांशपेशीहरुमा परिवर्तन आएको स्पष्ट देखिन्छ ।

हड्डीहरु कमजोर हुने र शरीरका रौँमा असरः
यो हर्मोनको कमिमा शरीरमा हड्डीहरु कमजोर हुन थाल्छन् । शरीरका अनुहार, हातहरु र गोडामा भएका रौँहरु आउन कम हुन थाल्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर