LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

पार्टी नेतृत्वले महाधिवेशन गर्न ढिलाइ गरिरहेको छ : प्रकाशमान सिंह

जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । जनकपुर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सिंहले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाए ।

 

चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि राम्रो नहुने उनको भनाइ छ । ‘सभापति र पदाधिकारीले पार्टीलाई यसरी बेथितिमा राख्न मिल्छ ?’ सिंहले भने, ‘क्रियाशील सदस्यमा केही विवादै नगर्नुपर्ने तथा विधि र नियम अनुसार दिनुपर्नेमा नदिई समितिमाथि समिति गठन गर्दै आएको छ ।’

 

परिणामलाई आफ्नो पक्षमा पार्न पार्टी पदाधिकारीले क्रियाशील सदस्यतामा खेलबाड गरिरहेको भन्दै उनले यसले कांग्रेसलाई राम्रो नगर्ने बताए । मंसिर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरु गर्नुपर्ने उनले बताए । ‘के गाह्रो छ भन्या ? निर्वाचन समिति गठन भइसकेको छ । निर्वाचन समितिले क्रियाशील दिनुस् बाँकी रहेको ठाउँमा काम गर्छु भनिरहँदा पनि आलटाल गरिरहेको छ,’ उनले भने, ‘समितिमाथि समिति गठन गरेर ढिला गरिरहेको छ ।’

 

सिंहले विधि र प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने बताए । ‘भन्नका लागि प्रजातान्त्रिक पार्टी भन्ने र अभ्यास न्यूनतम रुपमा पनि आन्तरिक नहुने ?’ उनले प्रश्न गरे । सिंहले पार्टीमा सय वर्षदेखि एउटै वर्गले नेतृत्व गरिरहेकोले यसलाई अब तोड्नुपर्ने बताए ।

 

आफू आसन्न महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर