LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

महिलाले पिसाव फेरेको भिडियो पोर्न साइटमा ! पीडितको मुद्दा खारेज

वार्सिलोना । स्पेनमा महिला अधिकारवादी समूहका तर्फबाट दायर भएको एउटा मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको छ ।

महिला सार्वजनिक स्थलमा सामूहिक रूपमा पिसाव फेर्न जाँदा गोप्य ढंगले खिचिएको तस्बिर र भिडियोे दुरूपयोग भएपछि अधिकारकर्मीले दायर गरेको मुद्दा न्यायाधीशले खारेज गरिदिएका हुन् ।

शौचालय अभावमा ८० महिला र किशोरीले सार्वजनिक स्थलमा पिसाव गरेको दृश्यलाई गोप्य भिडियो खिचिएको थियो ।
स्पेनको पश्चिमी सहर सेर्भोको स्थानीय मेला ए मारूसियानमा लुकाइएका क्यामेराबाटे भिडियो खिचिएको थियो ।
क्लोज अप गरिएको भिडियोमा महिलाको गुप्तांग र अनुहार देखिन्छ ।

भिडियोलाई एउटा व्यवसायिक पोर्न वेबसाइटमा राखिएको थियो ।

आफ्नो भिडियो देखेपछि अधिकांश महिलाले दोषीलाई कारबाहीको माग गर्दै सन् २०२० मा त्यहाँको एउटा अदालतमा मुद्दा दायर गरेका थिए ।

आफ्नो गोपनियताको अधिकार उल्लंघन भएको र त्यसबारे छानबिन गर्न उनीहरूले माग गरेका थिए ।

तर, वुमन फर इक्विालिटी व्युरोले गरेको मुद्दा न्यायाधीश पाब्लो मुनोज भाजक्युजले खारेज गरिदिएका हुन् । आफ्नो प्रारम्भिक फैसलामा न्यायाधीशले सार्वजनिक स्थलमा भिडियो रेकर्ड भएकोले त्यसलाई अपराध मान्न नसकिने बताएका छन् ।

भिडियोमा महिलाको शारीरिक तथा नैतिक मर्दन गर्ने कुनै आशय नदेखिएको फैसलामा उल्लेख छ । अदालतको फैसला डरलाग्दो भएको पीडितमध्येकी एक महिला जेनिफरले बताइन् ।

भिडियोलाई पोर्न साइटमा अपलोड गरिएको साथीले सुनाएपछि आफू बिक्षिप्त भएको उनले बताइन् । भिडियो देख्दा आफू लज्जित र आत्मग्लानी भएको अन्य पीडितको गुनासो छ ।

भिडियो सार्वजनिक भएपछि जेनिफरजस्तै अन्य पीडितले मनोवैज्ञानिक परामर्श लिएका थिए । अदालतको फैसलाले उनीहरूलाई झन पीडा थपिदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर