LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

आखिर किन एउटै केसमा भारती रिहा, शाहरुखका छोरालाई किन कोचियो जेलमा ?

टुडेवाणी,कार्तिक ६ गते ।

काठमाडौँ :  बलिउड अभिनेता शाहरुख खान र गौरी खानका छोरा आर्यन खानको जेलबाट छुट्न अझै समय लाग्ने देखिएको छ । बुधबार पनि अदालतले आर्यानको जमानत खारेज गरिदिएपछि कयौँ सेलिब्रेटी उनको समर्थनमा उत्रिएका छन् ।

कमल आर खानले आर्यानको जमानत निवेदन खारेज भएपछि ट्वीट गर्दै भनेका छन्, ‘आर्यान खानको जमानत निवेदन खारेज गरिएको छ, यो पूर्ण उत्पीडन जस्तो देखिन्छ । एक व्यक्ति जेलमा २० दिन कसरी बस्न सक्छ, जसबाट न त ला’गुऔ’षध भेटियो न त उनी यसलाई सेवन गर्दा समातिएका नै हुन् ।

एउटै केसमा उता भारती सिंहलाई एकै दिनमा रिहा गरिएको थियो, जसको साथबाट ८६ ग्राम ड्र’ग्स बरामद भएको थियो । मतलब, दुई व्यक्तिका लागि दुई वटा फरक–फरक कानून ।’

कंगना रनवत, सलमान खान, ऋतिक रोशन, फराह खान, सुनिल सेट्टी लगायतका कलाकारहरुले पनि आर्यान पक्राउको विरोध गरिरहेका छन् । अदालतले बुधबार आर्यानसहित पक्राउ परेका तीन जनाको जमानत निवेदन खारेज गर्यो ।

क्रूज ड्रग्स केसमा पक्राउ परेका उनीसहित तीनै जना हाल आर्थर रोड जेलमै रहने छन् । अदालतमा बुधबार कुनै पनि पक्षले आफ्नो तर्क राखेनन्, न्यायाधिशले सिधै आफ्नो फैसला सुनाए ।

आर्यानका वकिलले अब मुम्बई उच्च अदालतमा जमानतका लागि आज निवेदन दिएका छन् । आर्यन खानका वकिलले फैसलाको विस्तृत प्रति पाउने बित्तिकै उनी उच्च अदालत गएका हुन् ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर