LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषामा महिलाको घाँटी रेटेर हत्या प्रयास गर्ने ३५ वर्षीय महतो पक्राउ

टुडेवाणी, कार्तिक ६ गते ।

जनकपुरधाम : धनुषामा घाँस काट्न गएकी महिलालाइ  चाँदीको गहना लुट्न घाँटी रेटेर हत्या प्रयास गर्ने  रामभजन महतो महोत्तरीबाट पक्राउ परेका छन् ।

धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने ३५ वर्षीय  हत्याको [[प्रयास गर्ने  महोत्तरीको गोनरपुरा भन्ने स्थानबाट गए राति पक्राउ गरेको तीनकौरिया प्रहरीचोकीले जनाएको छ ।

उनले गहना लुट्न शुक्रबार बिहान ११ बजेको समयमा स्थानीय रामबहादुर मण्डलकी ५५ की श्रीमति जमुन देवी मण्डलको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए । स्थानीयले देखेपछि भुट्टाचोर भागेका थिए ।

फरार भएर ससुरालीमा बसिरहेका भुट्टाचोरलाई प्रहरी चौकी तिनकोरियाका सई सारदा शंकर साहको कमाण्डमा खटि गएको प्रहरी पक्राउ गर्न सफल भएको हो ।

घाँटी रेटिएकी जमुनदेवीको घाँटीमा ९ वटा टाँका लगाइएको छ । उनी प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात घर फर्किएकी छन् ।

स्थानीयका अनुसार भुट्टाचोर वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहँदा पनि चोरीचपाटी गर्दै आएका थिए । उनी गाउँमा भुट्टाचोरले प्रख्यात छ ।

उक्त समयमा  जमुन देवी घास लिन गएको बेला उनले  खुट्टामा लगाएको चाँदीको काँरा, गालाको मँगलसुत्र खोस्न छुराले घाँटी रेट्ने प्रयास गरेका थिए । हल्ला भएपछि उनी जमुनदेवीको मंगलसुत्र खोसेर समेत  भागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर