LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

उपेन्द्र यादवलाई अर्को झड्का, ठूलै नेताले छाडे जसपा

टुडेवाणी,कार्तिक ६ गते ।

काठमाडौं । जनता समाजवादी पार्टीका एकजना प्रभावशाली नेताले पार्टी परित्याग गर्ने भएका छन् ।

पार्टीमा ठूलो आर्थिक सहयोगसमेत गर्दै आएका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जसपा छोड्ने निर्णय गरेका हुन् ।

पार्टीको पर्सा जिल्लास्तरीय विस्तारित बैठकमा उनले आफूमाथि अध्यक्ष उपेन्द्र यादवले धोका र अपमान गरेकाले जसपा छाड्न लागेको जानकारी गराए । सरावगीले आफूलाई पैसा चाहिँदा मात्र पार्टी बैठकमा बोलाउने गरेको र अवसर दिँदा अरुलाई दिने गरेको भन्दै जसपा अध्यक्ष यादवको व्यक्तिवादविरुद्ध उत्रिन आह्वानसमेत गरेका छन् ।

त्यसो त वीरगंज अहिले उपेन्द्रविरुद्ध रुष्ट छ । वीरगंजबाट मन्त्री नबनाइएपछि पर्साबाट निर्वाचित सांसद प्रदीप यादव पक्षले वीरगञ्जमा उपेन्द्रको पुत्लासमेत जलाएका थिए ।

प्रदीप यादवले फेसबुकबाट खुला असन्तुष्टिसमेत जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर