LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

उपेन्द्र यादवलाई अर्को झड्का, ठूलै नेताले छाडे जसपा

टुडेवाणी,कार्तिक ६ गते ।

काठमाडौं । जनता समाजवादी पार्टीका एकजना प्रभावशाली नेताले पार्टी परित्याग गर्ने भएका छन् ।

पार्टीमा ठूलो आर्थिक सहयोगसमेत गर्दै आएका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जसपा छोड्ने निर्णय गरेका हुन् ।

पार्टीको पर्सा जिल्लास्तरीय विस्तारित बैठकमा उनले आफूमाथि अध्यक्ष उपेन्द्र यादवले धोका र अपमान गरेकाले जसपा छाड्न लागेको जानकारी गराए । सरावगीले आफूलाई पैसा चाहिँदा मात्र पार्टी बैठकमा बोलाउने गरेको र अवसर दिँदा अरुलाई दिने गरेको भन्दै जसपा अध्यक्ष यादवको व्यक्तिवादविरुद्ध उत्रिन आह्वानसमेत गरेका छन् ।

त्यसो त वीरगंज अहिले उपेन्द्रविरुद्ध रुष्ट छ । वीरगंजबाट मन्त्री नबनाइएपछि पर्साबाट निर्वाचित सांसद प्रदीप यादव पक्षले वीरगञ्जमा उपेन्द्रको पुत्लासमेत जलाएका थिए ।

प्रदीप यादवले फेसबुकबाट खुला असन्तुष्टिसमेत जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर