LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् । प्रदेशसभाको आज अपराह्न बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि यही कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गर।

आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण आजै मतदान गर्ने कार्यलाई सम्भव नभएका कारण कात्तिक १० गते पुर्‍याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । यसैगरी मुख्यमन्त्री शाक्यले उक्त बैठकमा विश्वासको मत लिने कार्यका लागि संसद्मा रहेका सबै दलसँग आग्रह गर्दै दलगत स्वार्थभन्दा माथि उठेर संविधान र प्रजातन्त्रको रक्षाका लागि एकजुट हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर