LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषामा साठी करोडको लागतमा राइस मिल स्थापना हुँदै

धनुषाको बटेश्वर गाउँपालिका –५, बटेश्वर करिब ६० करोड रुपैयाँको लागतमा निर्माण हुने अत्याधुनिक राइस मिलको शिलान्यास गरिएको छ । मिथिला नगरपालिका ढल्केवरका युवा उद्यमी मनोजकुमार साह, नितिस साह र निखिल साहले बुधबार संयुक्तरुपमा मिलको शिलान्यास गर्नुभएको हो ।

दस विघा जमिनमा ६० करोड रुपैयाँका लागतमा अत्याधुनिक जय नरसिङ्ग एग्रो प्रोसेसिङ्ग प्राइभेट लिमिटेड राइस मिल निर्माण हुने युवा उद्यमी मनोजकुमार साहले बताउनुभयो । उहाँले यहाँ स्थापना गर्न लागेको राइसमिलबाट दैनिक दुई सय टन चामल उत्पादन गर्नसक्ने क्षमताको हुने जानकारी दिनुभयो ।

आउँदो असार महिनासम्म राइस मिल सञ्चालनमा आइसक्नेछ । मिलमा कुटान र पेलानीको कामलगायत धान खरिद समेत गर्न सञ्चालक साहले भन्नुभयो । शिलान्यास कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साहसहितको उपस्थित थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर