LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

नेपालस्थित बंगलादेश दुतावास अगाडि प्रदर्शन

काठमाडौँ,कार्तिक २ गते ।

बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि भएको हिंसाको विरोधमा नेपालस्थित बंगलादेश दुतावास अगाडि बुधबार प्रदर्शन भएको छ।

बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायविरुद्धको साम्प्रदायिक आक्रमणमा हालसम्म ८ जनाको हत्या भएको छ भने ६ सयभन्दा बढी घर जलाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

संकुचित दृष्टिकोण राख्‍नेले धर्मका नाममा हिंसा गरी निर्दोष व्यक्तिको निर्मम हत्या गरेको विरोधमा प्रदर्शन गरिएको इस्कोन नेपालका अध्यक्ष रवी प्रजापतीले बताए।

दी इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कन)ले बंगलादेश हिंसाको विरोधमा विश्वव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। इस्कनले मंगलबार नै आगामी अक्टोबर २३ मा संसारका १५० वटा मुलुकमा बंगलादेश हिंसाको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको थियो। गत साता दुर्गा पूजाको समयमा बंगलादेशमा भएको साम्प्रदायिक हिंसाको विषयमा इस्कनले भारतका विभिन्न सहरमा आन्दोलन गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर