LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधि सभामा आयोजना हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन्। उज्यालो प्रकाशमा हेर्न असहज हुने स्वास्थ्य समस्याका कारण प्रधानमन्त्रीले चिकित्सकको सिफारिस (मेडिकल रिपोर्ट) सहित संसद सचिवालयमा जानकारी गराएपछि उनी कालो चस्मा लगाएरै संसद् बैठकमा जाने निश्चित भएको हो।

यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को मर्यादालाई ध्यानमा राख्दै साधारण अवस्थामा कालो चस्मा प्रयोग गर्न नपाइने र अनिवार्य प्रयोग गर्नुपर्ने अवस्था आएमा आधिकारिक मेडिकल रिपोर्ट बुझाउनुपर्ने निर्णय गरेको थियो।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री बालेनको तर्फबाट आवश्यक मेडिकल रिपोर्ट पहिले नै सचिवालयमा प्राप्त भइसकेकाले कालो चस्मा प्रयोगका लागि नियमानुसार बाटो खुलेको हो।

प्रधानमन्त्री शाहले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा पुगेर आँखाको परीक्षण गराएका थिए। नेपाली सेनाका प्रमुख डाक्टर (लेफ्टिनेन्ट कर्णेल) डा. सचित ढकालले उनको आँखाको जाँच गरी उज्यालो प्रकाशबाट आँखालाई जोगाउन कालो चस्मा प्रयोग गर्नुपर्ने सिफारिस गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर