LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्। कोशी प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्।

मत विभाजनमा विश्वासको मतको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो। त्यस्तै ४ मत तटस्थमा परेको थियो। ९२ सदस्य कायम रहेको कोशी प्रदेश सभाको आजको मत विभाजनमा ८३ सांसद उपस्थित रहेका थिए।

९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। हाल एमालेका ४० र नेपाली कम्युनिष्ट पार्टीका १७ सांसद छन्। प्रदेशसभामा कांग्रेसका २९, एमालेका ४०, नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाका ५ र जसपाका १ सांसद छन् भने राप्रपाका पाँसभामुखसहित पाँच सांसद छन्।

यसअघि कांग्रेसले भदौ ३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। कांग्रेसले समर्थन फिर्ता लिए पनि एमालेले नेपाली कम्युनिष्ट पार्टीलाई सरकारमा सहभागी गराएर नयाँ सत्ता समीकरण बनाएको छ।

मुख्यमन्त्री कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८१ वैशाख २७ मा मुख्यमन्क्री नियुत्त भएपछि उनले वैशाख ३१ मा पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला प्रदेशसभामा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए।

त्यसपछि सत्ता समीकरण फेरिएर एमाले र कांग्रेसबीच सहकार्य बनेपछि कार्कीले २०८१ असोज २ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला ८३ सांसदले मतदानमा भाग लिएकोमा उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर