LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठन

जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा ‘अग्रगामी मोर्चा’को मधेश प्रदेश स्तरीय बैठक जनकपुरमा सम्पन्न भएको छ।

विभिन्न ९ वटा राजनीतिक दलहरू सम्मिलित बैठकले मोर्चाको प्रदेश समिति गठन, जिल्ला समिति गठनको जिम्मेवारी बाँडफाँट तथा आगामी रणनीतिक भेला र कार्यक्रम तय गरेको छ।

शुक्रबार बसेको बैठकले हालै सिरहाका गणेश यादवको नेपाल प्रहरीको गोली प्रहारबाट भएको मृत्यु तथा बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। मोर्चाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुवै घटनाका पीडित परिवारलाई अविलम्ब न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन साथै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

बैठकले मोर्चा आबद्ध घटक दलहरूबाट प्रतिनिधित्व रहने गरी मधेश प्रदेश समन्वय समिति गठन गरेको छ। जसमा जसपा नेपालबाट बालकिशोर प्र. यादव र रामविनोद चौधरी, जनमत पार्टीबाट गजानन्द यादव र रामप्रसाद मण्डल, आम जनता पार्टीबाट उमेश कुशवाहा र राधेश्याम साह, नागरिक उन्मुक्ति पार्टीबाट पृथ्वीनारायण सिंह थारु र समसुल/नागेन्द्र प्र. चौधरी, नेपाल जनमुक्ति पार्टीबाट भुवन थापा मगर र रामएकवाल मण्डल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट अमिताभ बच्चन दास र किशोरी यादव, नेपाल संघीय समाजवादी पार्टीबाट विमला अंसारी र सैदर अंसारी तथा बहुजन एकता पार्टीबाट प्रकाश महरा र सुजित महरा रहेका छन्।

त्यसैगरी बैठकले आगामी भदौ १० गतेभित्र मधेशका आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। जिल्ला समन्वय समिति गठनका लागि घटक दलहरूलाई जिम्मेवारी समेत तोकिएको छ। जसअनुसार सप्तरीमा जनमत पार्टी, सिरहामा बहुजन एकता पार्टी, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी/नेपाल संघीय समाजवादी पार्टी, सर्लाहीमा नागरिक उन्मुक्ति पार्टी, रौतहटमा आम जनता पार्टी, बारमा जसपा नेपाल र आजपा, धनुषामा जसपा नेपाल र पर्सामा प्रलोपालाई जिम्मेवारी दिइएको छ।

यसैबीच, मोर्चाले संगठन विस्तार तथा जनपरिचालनका लागि दुई ठूला क्षेत्रीय भेला आयोजना गर्ने निर्णय गरेको छ। जसअन्तर्गत आगामी भदौ २७ गते जनकपुरमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही गरी ५ जिल्लाको संयुक्त भेला गर्ने निर्णय भएको छ।

त्यस्तै, रौतहट, बारा र पर्सा जिल्लालाई समेटेर आगामी असोज ३ गते वीरगन्जमा मोर्चाको वृहत् भेला आयोजना गरिने भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर