LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

हजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपण

जनकपुरधाम । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मोत्सवको अवसरमा जनकपुरधाममा विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम आयोजना गरि माएको छ ।

रबिउन नुर कमिटीको आयोजनामा आज शनिवार जनकपुरधाममा रक्तदान तथा वृक्षारोपण कार्यक्रम गरी हजरत मोहम्मदको जन्मोत्सव मनाइएको हो।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी, धनुषाका प्रहरी प्रमुख तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै, मुस्लिम समुदायका धर्मगुरु, अगुवा तथा स्थानीयवासीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा वृक्षारोपण गर्नुका साथै रक्तदानसमेत गरेका थिए। धार्मिक पर्वलाई केवल उत्सवका रूपमा मात्र नभई मानव सेवा र वातावरण संरक्षणसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै वक्ताहरूले रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय सेवा भएको भन्दै यस्ता सामाजिक कार्यले समुदायबीच आपसी सद्भाव, भाइचारा र सहकार्यलाई थप मजबुत बनाउने बताएका थिए।

त्यस्तै, वृक्षारोपणले वातावरण संरक्षणमा योगदान पुर्‍याउने भएकाले धार्मिक तथा सांस्कृतिक अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनु सकारात्मक पक्ष भएको वक्ताहरूको भनाइ थियो।

कार्यक्रममा सहभागी धर्मगुरु तथा अगुवाहरूले हजरत मोहम्मदले दिएको मानवता, प्रेम, शान्ति, सेवा र भाइचाराको सन्देशलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए।

धार्मिक आस्था र सामाजिक सेवाको सुन्दर संयोजनका रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा रक्तदानमार्फत जीवन बचाउने सन्देश र वृक्षारोपणमार्फत वातावरण संरक्षणको सन्देश दिइएको थियो।

यसरी जनकपुरधाममा हजरत मोहम्मदको १५०१औँ जन्मोत्सवलाई धार्मिक उत्सवसँगै मानव सेवा, वातावरण संरक्षण र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने अवसरका रूपमा मनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर