LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।

छलफल क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ठूला भ्रष्टाचार तथा अनियमिततासँग जोडिएका विभिन्न प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् ।

शाहीले माओवादी शिविरमा भएको भनिएको अनियमितता, गिरिबन्धु टी–स्टेट प्रकरण, तारागाउँ रिजेन्सी हायात होटलसँग सम्बन्धित जग्गा तथा सेयर प्रकरणलगायतका विषयमा अख्तियारले अहिलेसम्म मुद्दा किन अघि नबढाएको भन्दै प्रश्न गरे ।

‘अख्तियार अनुसन्धान आयोगले माओवादी शिविर अनियमित माथिको मुद्दा किन चा आएन ? गिरि बन्धु टी स्टेट प्रकरणमा अहिले सम्म मुद्दा किन चलाएन ? तारा गाउँ एजेन्सी हाएसिको जग्गा सेयर प्रक्ररणमा मुद्दा किन चलाएन जुन अख्तियारको माप डन्ड भित्र पर्छ,’ उनले प्रश्न गरे ।

उनले ती प्रकरणहरू अख्तियारको अनुसन्धानको दायराभित्र पर्ने भए पनि कारबाही प्रक्रिया अघि नबढेको दाबी गरे । कोभिड–१९ को समयमा स्वास्थ्य सामग्री खरिद तथा ओम्नी समूहसँग जोडिएको भनिएको अनियमितताको प्रसंग उठाउँदै शाहीले त्यस विषयमा पनि अहिलेसम्म प्रभावकारी कानुनी कारबाही किन हुन नसकेको भन्दै प्रश्न गरे ।

‘ कोभिड–१९ को बोलामा सरकारले ओमने घोटाला गरेर अरबै रुपैयाँमा देश टाठ पल्टाको थियो त्यसको मुद्दा किन चलेन,’ उनले भने, ‘एनसेलमा टेलिया सोनेरा र एक्जियटाको ८० प्रतिशत सेयर खरिद विक्र हुन्छ । त्यसमा पुजी गत लाभांश कर छली गर्छ त्यो सर्वोच्च अदालतले फैसला गर्छ तर अख्तियारले अहिले सम्म त्यो छोएको पनि छैन मुद्दा पनि चलाएको छैन । किन जवाफ दिनु होला ।’

उनले एनसेलको सेयर कारोबार र त्यससँग जोडिएको पुँजीगत लाभकर विवादको विषय पनि उठाए । टेलिया सोनेरा र एक्जियटासँग सम्बन्धित एनसेलको सेयर बिक्रीमा कर छली भएको विषयमा सर्वोच्च अदालतबाट फैसला भइसकेको दाबी गरे । उनले अख्तियारले उक्त प्रकरणलाई समेत अनुसन्धानको दायरामा किन नल्याएको भन्दै प्रश्न गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर