LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानी

काठमाडौं । नेपाली मूलका १९ वर्षीय विद्यार्थी आदित्य सुबेदीले कृत्रिम बुद्धिमत्ता (AI) क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेका छन्। हार्भर्ड विश्वविद्यालयको अध्ययन बीचमै छोडेर सुरु गरेको आफ्नो AI स्टार्टअपका लागि उनले सह–संस्थापकसँग मिलेर २४ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ६० करोड रुपैयाँ) लगानी जुटाउन सफल भएका हुन्।

प्राप्त जानकारीअनुसार उक्त लगानी ChatGPT निर्माणकर्ता कम्पनी OpenAI सँग सम्बन्धित लगानीकर्ताहरूबाट प्राप्त भएको हो। कम उमेरमै विश्वस्तरीय प्रविधि क्षेत्रमा यस्तो ठूलो लगानी आकर्षित गर्न सफल भएपछि आदित्य सुबेदी नेपाली युवामाझ प्रेरणाको स्रोत बनेका छन्।

विश्वकै प्रतिष्ठित विश्वविद्यालय हार्भर्ड छोडेर उद्यमशीलताको बाटो रोजेका आदित्यको यो सफलताले नेपाली युवाको क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी रहेको सन्देश दिएको छ। प्रविधि र नवप्रवर्तनको क्षेत्रमा नेपाली प्रतिभाले विश्व बजारमा आफ्नो प्रभाव बढाउँदै गएको यो घटनालाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

आदित्यको सफलताप्रति सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ भने धेरैले यसलाई नेपाली युवाका लागि गर्वको विषय बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर