LIVE NEWS
अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणाबाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोग

अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

अषाढ ०२, धनुषा। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको आम सञ्चार प्राधिकरण मधेश प्रदेश को आयोजनामा धनुषाको ढल्केबरस्थित कोमल होटलमा आज एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिहान ८:०० बजेदेखि सुरु भएको कार्यक्रममा मधेश प्रदेशमा दर्ता भएका विभिन्न अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चार क्षेत्रका समसामयिक विषय, अनलाइन पत्रकारिताको अवस्था, चुनौती तथा अवसरबारे छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता पुरन गुप्ता ले गर्नुभएको थियो। कार्यक्रममा जितेन्द्र खड्का, सन्तोष कुमार साह, ज्योति झा लगायत विभिन्न अनलाइन सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले अनलाइन सञ्चारमाध्यमको प्रभावकारी सञ्चालन, पत्रकारिताको व्यावसायिकता, डिजिटल सञ्चारका चुनौती तथा समाधानका विषयमा आफ्ना धारणा राखेका थिए। साथै, आम सञ्चार प्राधिकरण र सञ्चारकर्मीबीच समन्वय तथा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर