LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

धनुषा, जेठ २२, २०८३ :विश्व वातावरण दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिका–७, भ्रमपुरा चोकस्थित सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा तथा जिरोमाइल प्रहरी चौकीको समन्वयमा वृक्षारोपण कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा युवापुस्तामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा जिरोमाइलदेखि भ्रमपुरा चौकसम्म विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए। कार्यक्रममा विशेषगरी प्रहरी सेवा प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरू, शिक्षकहरू तथा नेपाल प्रहरीका सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरका प्रिन्सिपल सत्यम यादवले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने उल्लेख गर्दै विद्यार्थीहरूलाई असल नागरिक, अनुशासित व्यक्तित्व तथा जिम्मेवार राष्ट्रसेवकका रूपमा विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले भन्नुभयो, आज हामीले रोपेका बिरुवाहरू भोलिको स्वच्छ, हरित र सुरक्षित वातावरणका आधार हुन्। विशेषगरी प्रहरी सेवामा जाने लक्ष्य लिएका युवाहरूले अनुशासन, सेवा भावना र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न आवश्यक छ। वातावरण संरक्षण पनि राष्ट्रसेवाकै एक महत्वपूर्ण पक्ष हो। शिक्षा र सेवाको भावना सँगसँगै अघि बढेमा मात्र समृद्ध र सभ्य समाज निर्माण सम्भव हुन्छ।

 

उहाँले युवाहरूलाई वातावरणीय चेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न आग्रह गर्नुका साथै यस्ता रचनात्मक तथा जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

 

कार्यक्रममा सहभागी जिरोमाइल प्रहरी चौकीका वरिष्ठ हवल्दार जुगल शर्माले समाजमा सकारात्मक परिवर्तन ल्याउन विद्यार्थी तथा युवाहरूको भूमिका महत्वपूर्ण रहने बताउँदै वातावरण संरक्षणका अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

 

त्यसैगरी इन्जिनियर अरुण शाहले वृक्षारोपणलाई भावी पुस्ताप्रतिको जिम्मेवारीसँग जोडिएको अभियानका रूपमा व्याख्या गर्दै वातावरण संरक्षणमा सबै नागरिक सचेत र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

 

कार्यक्रममा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व तथा राष्ट्रसेवाको भावनालाई आत्मसात् गर्दै रोपिएका बिरुवाहरूको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षणसँगै शिक्षा, अनुशासन, सामाजिक उत्तरदायित्व र राष्ट्रसेवाको भावनालाई प्रवर्द्धन गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

 

सन्तोष कुमार यादव

प्रतिक्रिया
सम्बन्धित खवर