LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

माटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धार

काठमाडौं। रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार माटोमुनि पुरिएकी एक ६ वर्षीया बालिकाको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपालको टोलीले अहिले साँझ सवा ६ बजेतिर ती बालिकालाई उद्धार गरेको हो।

टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको जनाएको छ।

त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा ती बालिका फेला परेकी थिइन्। उद्धारका क्रममा बालिका गम्भीर तथा अचेत अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसपछि उनलाई सीमा सुरक्षा चौकी टिमुरेमा ल्याइएको छ। चौकीमा ल्याएपछि ती बालिकालाई न्यानो बनाएर राखिएको छ।

उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको सशस्त्र प्रहरी स्रोतले बतायो। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन कठिनाइ भइरहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर