LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

देउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो।

संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले महाराजगञ्ज बैठकले अदालत जाने निर्णय भएको जानकारी दिएका छन्। उनले भने, ‘जतिसग्दो चाँडो महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय भएको छ, शुक्रबारसम्म निवेदन दर्ता हुन्छ।’

इतर समूहले अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइ हुन लागेकाले अहिले नै महाधिवेशन प्रक्रिया अगाडि बढाउन नहुने तर्क अघि सारेको छ।

यता, पार्टी केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार १५औं महाधिवेशन प्रक्रिया भने अगाडि बढिसकेको छ। कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनहरूको कार्यतालिका भने हेरफेर गरेको छ, जसअनुसार वडा अधिवेशन आगामी भदौ २४ गतेलाई तोकिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर