LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

वडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्न

मो. इर्शाद : महोत्तरी गाउँपालिकामा गठित वडा बालअधिकार समिति पदाधिकारीहरूका लागि आयोजित बाल अधिकार तथा बाल संरक्षण सम्बन्धी क्षमता विकास तालिम असार ८ गतेदेखि १० गते २०८३ सम्म जलेश्वरस्थित आर.एस. थकालि गेस्ट हाउसमा सम्पन्न भएको छ।

उक्त तालिम Save the Children को आर्थिक सहयोग, दलित समाज उत्थान समिति नेपाल को आयोजना तथा महोत्तरी गाउँपालिका को समन्वयमा सञ्चालन गरिएको थियो। समुन्नति कार्यक्रम अन्तर्गत आयोजित तीन दिने तालिममा महोत्तरी गाउँपालिकाका विभिन्न वडामा गठित वडा बालअधिकार समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको समापन सत्रमा महोत्तरी गाउँपालिकाका अध्यक्ष श्री दिलीप कुमार पाण्डेय प्रमुख अतिथि तथा दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष श्री सुनिल ठाकुर अध्यक्ष रहनुभएको थियो। कार्यक्रममा दलित समाज उत्थान समिति नेपालका महासचिव श्री रवी भूषण ठाकुर अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री दिलीप कुमार पाण्डेय ले बालबालिकाको अधिकार संरक्षण र समुचित विकासका लागि स्थानीय तह, समुदाय तथा वडा बालअधिकार समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले बालमैत्री समाज निर्माणका लागि सबै सरोकारवालाले साझा प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। साथै, बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा शोषणका घटनाहरू न्यूनीकरण गर्न वडा स्तरका समितिहरू सक्रिय र जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

 

कार्यक्रमका अध्यक्ष तथा संस्थापक अध्यक्ष श्री सुनिल ठाकुर ले बाल अधिकारको सुनिश्चितता र बाल संरक्षणको प्रभावकारी कार्यान्वयनका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। साथै, बालमैत्री वातावरण निर्माणमा वडा बालअधिकार समितिको सक्रियता महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो।

 

तीन दिनसम्म सञ्चालन भएको तालिममा बाल अधिकार, बाल संरक्षण, बाल संरक्षणसम्बन्धी कानुनी व्यवस्था, बाल संरक्षण संयन्त्र, बालमैत्री वातावरण निर्माण, बालअधिकार समितिको भूमिका तथा जिम्मेवारी लगायतका विषयमा सहजीकरण गरिएको थियो। तालिमको सहजीकरण कार्यक्रम संयोजक श्रीमती सु रेखा चौधरी ले गर्नुभएको थियो।

 

कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी श्री मनोज कुमार पाण्डेय ले गर्नुभएको थियो।

 

तालिम समापन समारोहमा सहभागी सबै पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपले आफ्नो वडा तथा समुदायमा बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि थप प्रभावकारी रूपमा काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

 

कार्यक्रममा सहभागी, अतिथि तथा आयोजक संस्थाका प्रतिनिधिहरूले बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तह, समुदाय तथा सरोकारवालाबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर