LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

उपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोग

जनकपुरधाम : महोत्तरीको बलवा नगरपालिका–१० धमौरा निवासी नजामुदिन कबारीको उपचारका लागि राहतस्वरूप जनमत पार्टी तथा गैरआवासीय मधेसी संघ (NRMA) कतारको पहलमा रु. ४० हजार आर्थिक सहयोग प्रदान गरिएको छ।

 

यस सहयोग अभियानमा जितेन्द्र यादव, पप्पु यादव, आशिषलाल बरबरिया, गणेश भगत, शुसित मण्डल तथा रामचन्द्र साहको विशेष पहल रहेको बताइएको छ।

 

आज आयोजित कार्यक्रममा जनमत पार्टी धनुषाका अध्यक्ष अशोक साह, केन्द्रीय सदस्य साविर राइन, NRMA HELP DESK का संयोजक सुरेन्द्र भण्डारी तथा विद्यार्थी अध्यक्ष बिरेन्द्र यादवको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।

 

कार्यक्रममा मानवीय सहयोगका लागि NRMA परिवारप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो। साथै, नजामुदिन कबारीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर