LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

उपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोग

जनकपुरधाम : महोत्तरीको बलवा नगरपालिका–१० धमौरा निवासी नजामुदिन कबारीको उपचारका लागि राहतस्वरूप जनमत पार्टी तथा गैरआवासीय मधेसी संघ (NRMA) कतारको पहलमा रु. ४० हजार आर्थिक सहयोग प्रदान गरिएको छ।

 

यस सहयोग अभियानमा जितेन्द्र यादव, पप्पु यादव, आशिषलाल बरबरिया, गणेश भगत, शुसित मण्डल तथा रामचन्द्र साहको विशेष पहल रहेको बताइएको छ।

 

आज आयोजित कार्यक्रममा जनमत पार्टी धनुषाका अध्यक्ष अशोक साह, केन्द्रीय सदस्य साविर राइन, NRMA HELP DESK का संयोजक सुरेन्द्र भण्डारी तथा विद्यार्थी अध्यक्ष बिरेन्द्र यादवको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।

 

कार्यक्रममा मानवीय सहयोगका लागि NRMA परिवारप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो। साथै, नजामुदिन कबारीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर