LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम : कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको मधेस प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत खसेको थियो। बैठकमा १०० जना प्रदेशसभा सदस्य उपस्थित रहेका थिए।

एमालेलाई सरकारमा सहभागी गराएपछि कांग्रेससँगै एमाले, नेपाल कम्युनिस्ट पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री यादवलाई समर्थन गरेका हुन्।

यता जसपा नेपालले आफ्ना मन्त्रीहरूलाई बर्खास्त गरिएको र औपचारिक रूपमा विश्वासको मत नमागिएको भन्दै मुख्यमन्त्रीको विपक्षमा मतदान गरेको थियो।

त्यस्तै जनमत पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरूले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएनन्।

प्रतिक्रिया
सम्बन्धित खवर