LIVE NEWS
धेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षारसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रह

औरही नगरपालिकामा ‘पोषण’ परियोजना शुभारम्भ: बालबालिकाको सुनौलो भविष्यका लागि बहुक्षेत्रीय पहल

मो. इर्शाद  :महोत्तरीको औरही नगरपालिकामा ‘पोषण’ कार्यक्रम शुभारम्भ कार्यशाला तथा नगर स्तरीय पाेषण निर्देशक समितिको बैठक सम्पन्न भएको छ।

केयर नेपाल (Care Nepal) र iDE Nepal को आर्थिक सहयोग तथा दलित समाज उत्थान समिति नेपालको साझेदारीमा सञ्चालित यस पालिकामा कार्यक्रम सुभारम्भ गरिएको हाे। यस परियोजनाले स्थानीय स्तरमा पोषण र खाद्य सुरक्षाको अवस्था सुधार गर्ने लक्ष्य लिएको छ।

 

नगर प्रमुख प्रदीप खड्काको अध्यक्षतामा सम्पन्न बैठकले पोषण परियोजनाका गतिविधिहरूलाई पालिकाका दलित, विपन्न, अल्पसंख्यक, मुस्लिम तथा पिछडिएका समुदायमा केन्द्रित गर्ने निर्णय गरेको छ।

 

परियोजनाको प्रभावकारिताका लागि नगरपालिकाका वडा नं. ३, ४, ५ र ६ लाई प्राथमिकतामा राखिएको छ। सो क्षेत्रमा रहेका ‘स्वास्थ्य आमा समूह’ लक्षित व्यवहार परिवर्तन का सेसनहरू संचालन गर्ने कार्यक्रम रहेको छ। स्थानीय सरकार सँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकता दिइ पाेषण सुधारका लागि कृषि, पशु, स्वास्थ्य, शिक्षा, खानेपानी सरसफाई, महिला बालबालिका विकास, शासन प्रबन्ध क्षेत्र लक्षित कार्यक्रमहरू गरिने जनाइएको छ।

 

कार्यशालामा बालबालिकाको बौद्धिक विकासमा प्रारम्भिक ५ वर्षको उमेर निकै संवेदनशील रहने तथ्य सार्वजनिक गरियो। विज्ञहरूका अनुसार बच्चा गर्भमा रहँदा ३० प्रतिशत, जन्मिएको पहिलो वर्षमा २५ प्रतिशत र दुई वर्षभित्र ५० प्रतिशत गरी ५ वर्षको उमेरसम्ममा ९० प्रतिशत बौद्धिक विकास भइसक्छ। त्यसैले, यो उमेर समूहका बालबालिका र सुनौलो हजार दिनको आमाहरूको पोषणमा विशेष जोड दिएको हो।

 

कार्यक्रमको मुख्य उद्देश्य महिला, बालबालिका र किशोरीहरूको पोषण अवस्थामा सुधार ल्याउनु, बहुक्षेत्रीय अभ्यासलाई संस्थागत गर्नु तथा स्थानीय तहको नीति, योजना र सेवा प्रवाहमा सुधार गरी ‘पोषणमैत्री स्थानीय शासन पद्धति’ अवलम्बन गर्नु रहेको छ।

 

बैठकमा प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख खड्काले पोषण र खाद्य सुरक्षा स्थानीय सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे। उनले भने, “यो परियोजनाको सफलताका लागि नगरपालिकाको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराइनेछ। आगामी दिनमा यी कार्यक्रमहरू बाँकी वडामा पनि विस्तार गर्दै नतिजामुखी बनाउनतर्फ नगरपालिका केन्द्रित रहनेछ।”

 

परियोजनाका कार्यक्रम संयोजक योगी माया सिंहले परियोजनाको उद्देश्य र आगामी कार्ययोजनाबारे विस्तृत प्रस्तुतीकरण दिएकी थिइन्।

 

कार्यक्रममा उप-मेयर रेणु झा, प्रमुख प्रशासकीय अधिकृत सुशील प्रसाद आचार्य, विभिन्न वडाका अध्यक्षहरू, सामाजिक सुरक्षा शाखाका चन्द्रभूषण सिंह, केयर नेपालका दुर्गेशमान श्रेष्ठ, हरिलाल ढकाल, दलित समाज उत्थान समिति नेपालका प्रतिनिधि, पालिकामा रहेका विभिन्न शाखाका प्रतिनिधिहरु तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर