LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

सर्लाहीमा चारतले घरको छतबाट खस्दा दुई जनाको ज्या’न गयो

वैशाख ३०, सर्लाही। सर्लाहीको मलंगवामा घरको छतबाट खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर दुई मिस्त्रीको ज्यान गएको हो ।

पानी ट्यांकी राख्ने छत ढलान गर्ने क्रममा उनीहरू खसेका थिए । घटनामा मलंगवामा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

छतसहित खसेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर