LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

एसईईमा फेल भएका विद्यार्थीलाई अर्को मौका, असार १ गतेदेखि परीक्षा सञ्चालन ।

जनकपुरधम : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्नेभएको छ ।

 

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईको नतिजामा ननग्रेडेड भएका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

 

यसवर्ष दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएको र एक लाख ४६ हजार ५०७ ननग्रेडेड भएको जानकारी दिँदै उनले परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरे पनि परीक्षामा भने चार लाख ३० हजार ६६७ जना सहभागी भएको जानकारी दिए ।

 

ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका सार्वजनिक गरेको छ ।

 

नतिजामा चित्त नबुझेमा पुनर्योेगका लागि जेठ १ गतेदेखि ७ गतेसम्मको समय निर्धारण गरेका जानकारी दिए । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा भने २९ दिनमा नतिजा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर