LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

एसईईमा फेल भएका विद्यार्थीलाई अर्को मौका, असार १ गतेदेखि परीक्षा सञ्चालन ।

जनकपुरधम : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्नेभएको छ ।

 

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईको नतिजामा ननग्रेडेड भएका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

 

यसवर्ष दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएको र एक लाख ४६ हजार ५०७ ननग्रेडेड भएको जानकारी दिँदै उनले परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरे पनि परीक्षामा भने चार लाख ३० हजार ६६७ जना सहभागी भएको जानकारी दिए ।

 

ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका सार्वजनिक गरेको छ ।

 

नतिजामा चित्त नबुझेमा पुनर्योेगका लागि जेठ १ गतेदेखि ७ गतेसम्मको समय निर्धारण गरेका जानकारी दिए । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा भने २९ दिनमा नतिजा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर