LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

निदाएको होइन, अर्जेन्ट म्यासेज हेरेको थिएँ” — अर्थमन्त्री वाग्ले

काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्ले ले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला आफू निदाएको भन्ने चर्चा वास्तविकता नभएको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा भाइरल बनाइएको दृश्यप्रति स्पष्टीकरण दिएका हुन्। उनले भने, “हिजो अर्थमन्त्री निदायो भनेर धेरै चर्चा गरियो। तर जे देखिन्छ, त्यो सधैं यथार्थ हुँदैन। मलाई केही अर्जेन्ट म्यासेज आइरहेका थिए। राष्ट्रपतिसामु मोबाइल सीधै हेर्न नमिल्ने भएकाले निहुरिएर म्यासेज हेरिरहेको थिएँ।

उनले कुनै दृश्य वा तस्बिरकै आधारमा तत्काल निष्कर्षमा नपुग्न आग्रह समेत गरे।

सोमबार रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अर्थमन्त्री वाग्ले निदाएको जस्तो देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर