LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

एकडारा र सम्सीका बालबालिका तथा विपन्नलाई सहयोग सामग्री हस्तान्तरण

महोत्तरी: ​दलित समाज उत्थान समिति नेपाल र वल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धिको लागि हातेमालो कार्यक्रम’ अन्तर्गत एकडारा र सम्सी गाउँपालिकामा विभिन्न सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

​संस्थाका संस्थापक अध्यक्ष सुनील ठाकुरको आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच ( CEW ) इभेन्टको अनुगमन हुनुका साथै समुदायका बालबालिका तथा विपद् प्रभावितलाई सहयोग प्रदान गरिएको हो ।

​कार्यक्रममा बालबालिकाको बौद्धिक विकासका लागि बाल क्लबहरूलाई बोर्ड गेम (Board Game) वितरण गरिएको छ । त्यसैगरी, हालैको आगलागीबाट पीडित भएका परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री र रक्त क्यान्सर (Blood Cancer) बाट पीडित बिरामीलाई उपचारका लागि आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

​कार्यक्रमका संयोजक उतिम चन्द्र चौधरीले यस्ता कार्यक्रमले बालबालिकाको सिर्जनशीलतामा वृद्धि हुनुका साथै विपद् र रोगबाट प्रभावित परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार संस्थाले आगामी दिनमा पनि समुदायको माग र आवश्यकताका आधारमा मानवीय तथा सामाजिक सेवाका कार्यहरूलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर