LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

ओभरटेक गर्दा अनियन्त्रित बस दुर्घटना, चालकसहित १७ घाइते

जनकपुरधाम : धनुषामा यात्रुवाहक बस पल्टिँदा १७ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिक काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस दुर्घटनामा परेको हो।

 

प्रहरीका अनुसार अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो। बसमा चालकसहित ३३ जना सवार रहेकोमा १७ जना घाइते भएका छन्।

 

घाइतेहरूलाई तत्काल उद्धार गरी धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक क्षेत्रमा अफरातफरीको अवस्था समेत सिर्जना भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर