LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

ओभरटेक गर्दा अनियन्त्रित बस दुर्घटना, चालकसहित १७ घाइते

जनकपुरधाम : धनुषामा यात्रुवाहक बस पल्टिँदा १७ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिक काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस दुर्घटनामा परेको हो।

 

प्रहरीका अनुसार अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो। बसमा चालकसहित ३३ जना सवार रहेकोमा १७ जना घाइते भएका छन्।

 

घाइतेहरूलाई तत्काल उद्धार गरी धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक क्षेत्रमा अफरातफरीको अवस्था समेत सिर्जना भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर