LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रधानन्यायाधीश नियुक्ति विवादमा रुबी ठाकुरको जवाफ

जनकपुरधाम : प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै चर्को आलोचना भइरहेका बेला उपसभामुख रुबी कुमारी ठाकुर ले कार्यक्षमता र योग्यतालाई मुख्य आधार बनाएर निर्णय गरिएको स्पष्ट पारेकी छन्।

 

संवैधानिक परिषद्की सदस्यसमेत रहेकी ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाह को जोडबलमा नियुक्ति गरिएको भन्ने आरोपको प्रतिवाद गर्दै न्याय प्रणालीमा देखिएको ढिलासुस्ती अन्त्य गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताइन्।

 

उनले भनिन्, न्याय प्रणालीबारे धेरै समयदेखि जनता गुनासो गर्दै आएका छन्। एउटा मुद्दाको फैसला हुन अत्यधिक समय लाग्नु न्याय प्रणालीकै लागि गम्भीर विषय हो।

 

ठाकुरका अनुसार न्यायपालिकामा नियुक्ति गर्दा दल वा राजनीतिक निकटताभन्दा पनि कार्यक्षमता, योग्यता र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता महसुस गरिएको हो। “जब नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको आधारमा हुन्छ, त्यसको परिणाम पनि त्यस्तै देखिन थाल्छ,” उनले भनिन्।

 

राज्यका सबै अंगले संविधान, कानुन र जनहितलाई सर्वोपरि राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले हालको निर्णय निष्पक्ष, प्रभावकारी र जिम्मेवार न्याय प्रणाली निर्माणतर्फको कदम भएको दाबी गरिन्।

 

प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको रोलक्रम मिचिएको भन्दै विभिन्न राजनीतिक तथा कानुनी वृत्तमा आलोचना भइरहेका बेला उपसभामुख ठाकुरको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर