LIVE NEWS
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारितसर्लाहीमा चारतले घरको छतबाट खस्दा दुई जनाको ज्या'न गयोसांसद शिवशंकर यादवको कडा आरोप: मधेशलाई कर असुल्ने थलो बनाइयो, राज्यको दोहोरो चरित्रप्रति संसदमै प्रश्नएसईईमा फेल भएका विद्यार्थीलाई अर्को मौका, असार १ गतेदेखि परीक्षा सञ्चालन ।संवेदनशील मोडमै रेलिङ काटियो, कसको संरक्षणमा भइरहेको छ निजी प्रयोग ?निदाएको होइन, अर्जेन्ट म्यासेज हेरेको थिएँ” — अर्थमन्त्री वाग्लेएकडारा र सम्सीका बालबालिका तथा विपन्नलाई सहयोग सामग्री हस्तान्तरण

जनकपुर–ढल्केबर सडकखण्डमा दुर्घटना, इलेक्ट्रिक स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु

जनकपुरधाम — जनकपुर–ढल्केबर सडकखण्डमा आज भएको सवारी दुर्घटनामा इलेक्ट्रिक स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा संलग्न सवारी बा.प्र. ०१–०३१ च ९०६३ नम्बरको रहेको खुलेको छ। तर, ठक्कर कसरी लाग्यो भन्ने विषय हालसम्म खुलेको छैन।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनापछि महिलाको अवस्था गम्भीर बनेको थियो र केही समयमै उनको ज्यान गएको हो। साथै, स्थानीय स्तरमा ती महिला गर्भवती हुन सक्ने आशंका गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।

दुर्घटनास्थलमा अहिले स्थानीय बासिन्दा तथा प्रहरीको उपस्थिति रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर