LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जनकपुर–ढल्केबर सडकखण्डमा दुर्घटना, इलेक्ट्रिक स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु

जनकपुरधाम — जनकपुर–ढल्केबर सडकखण्डमा आज भएको सवारी दुर्घटनामा इलेक्ट्रिक स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा संलग्न सवारी बा.प्र. ०१–०३१ च ९०६३ नम्बरको रहेको खुलेको छ। तर, ठक्कर कसरी लाग्यो भन्ने विषय हालसम्म खुलेको छैन।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनापछि महिलाको अवस्था गम्भीर बनेको थियो र केही समयमै उनको ज्यान गएको हो। साथै, स्थानीय स्तरमा ती महिला गर्भवती हुन सक्ने आशंका गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।

दुर्घटनास्थलमा अहिले स्थानीय बासिन्दा तथा प्रहरीको उपस्थिति रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर