LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

Support Nepal र Plan Internationalको सहकार्यमा कमलामा हात धुने तथा सरसफाइ कार्यक्रम सम्पन्न

जनकपुरधाम, वैशाख २२ — सपोर्ट नेपालको आयोजना, प्लान इन्टरनेशनलको सहयोग तथा कमला नगरपालिकाको समन्वयमा धनुषाको कमला नगरपालिका वडा नं. १, हटलेटवामा समुदायस्तरमा सरसफाइ तथा हात धुने (ह्यान्ड वास) सम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। टोल सुधार तथा जनस्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

वडा नं. १ का वडाध्यक्ष शरददेव यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई साबुन, तौलिया, झाडु, खानेपानीका धारा र बाल्टीलगायत सरसफाइ सामग्री वितरण गरिएको थियो।

कार्यक्रमपश्चात् स्थानीयमा व्यवहारिक परिवर्तन देखिन थालेको सहभागीहरूले बताएका छन्। उनीहरूका अनुसार पहिले सामान्य रूपमा मात्र हात धुने बानी भए पनि अहिले खाना खानुअघि, दिसापिसाबपछि तथा बालबालिकालाई खाना खुवाउनुअघि अनिवार्य रूपमा साबुनपानीले हात धुने बानी विकास भएको छ। साथै, हात धुने सही ७–८ चरण सिकेपछि सरसफाइप्रति चेतना थप बढेको उनीहरूको भनाइ छ।

 

कार्यक्रमको समन्वय कार्यक्रम अधिकृत रीमा झाले गर्नुभएको थियो भने फिल्ड सुपरभाइजरहरू बेचन सिंह, आशिष सिंह दनुवार, पप्पु कुमार मिश्र र किरण शर्माले प्राविधिक सहजीकरण गर्नुभएको थियो। स्वयंसेवकहरू सबिता मण्डल, शिवलखन मण्डल र सत्यनारायण साहको सक्रिय सहभागिताले कार्यक्रम थप प्रभावकारी बनेको आयोजकले जनाएको छ।

टोल सरसफाइ अभियानसँगै सञ्चालन गरिएको यस कार्यक्रमले गाउँस्तरमा सरसफाइसम्बन्धी चेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयवासीहरूको विश्वास

प्रतिक्रिया
सम्बन्धित खवर