LIVE NEWS
अतिक्रमण हटाउने अभियानमा सरकार स्पष्ट: ‘विस्थापन होइन, दीगो समाधान हाम्रो लक्ष्यलिपुलेक प्रकरणमा सरकारको कडा कदम—भारत–चीन सहमतिप्रति नेपालद्वारा औपचारिक आपत्तिलिटिल बुद्ध ' बम्जनलाई राहत : सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतबाट सफाइ ९ वर्षीय बालकको चमत्कारिक कीर्तिमान: समुद्र पार गर्दै विश्वलाई चकित!समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नसेवाग्राहीहरूले अब टाढाका मालपोत कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेअस्पतालमा अनुमति बिना भिडियो खिचे वा होहल्ला गरे तुरुन्त कारबाही हुने

अतिक्रमण हटाउने अभियानमा सरकार स्पष्ट: ‘विस्थापन होइन, दीगो समाधान हाम्रो लक्ष्य

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले उपत्यकामा नदीकिनार र सरकारी जग्गामा भएका अतिक्रमण हटाउने विषयमा उठेका विवाद र आशंकाप्रति सरकार गम्भीर रहेको बताएका छन्। उनले यो कदम नागरिकलाई हटाउने नभई दीगो र व्यवस्थित समाधानतर्फ उन्मुख रहेको प्रष्ट पारेका छन्।

 

प्रधानमन्त्रीद्वारा जारी प्रष्टिकरणमा अव्यवस्थित बसोबास र भूमिहीन नागरिकमा अनावश्यक त्रास फैलाउने प्रयास भइरहेकोप्रति सरकारको ध्यानाकर्षण भएको उल्लेख छ। नियोजित रूपमा भ्रम फैलाउने र उठिबासको डर देखाउने गतिविधिलाई सरकारले गम्भीर रूपमा लिएको पनि जनाइएको छ।

 

सरकारले भूमिसम्बन्धी ऐन २०२१ का केही अवरोधक प्रावधान अध्यादेशमार्फत हटाइसकेको जानकारी दिँदै वास्तविक भूमिहीनको पहिचानका लागि डिजिटल लगत संकलन र विवरण प्रमाणीकरणको काम सुरु भइसकेको जनाएको छ।

 

प्रष्टिकरणअनुसार जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सारिनेछ भने अन्य भूमिहीनका हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा निर्णय लिइने बताइएको छ।

 

प्रधानमन्त्री शाहले आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान खोज्ने सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै भ्रममा नपर्न र अपुष्ट सूचना नफैलाउन नागरिकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर