LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

लिटिल बुद्ध ‘ बम्जनलाई राहत : सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतबाट सफाइ

काठमाडौँ : स्वयंघोषित ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जन ले सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतबाट सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाही का न्यायाधीश महेन्द्रराज काफ्ले को इजलासले अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै बम्जनलाई निर्दोष ठहर गरेको हो।

 

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले बम्जनविरुद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको थियो। तर अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै सफाइ दिएको जनाएको छ।

 

अदालतको फैसलापछि बम्जन जिल्ला कारागार कार्यालय सर्लाही बाट रिहा भइसकेका छन्।

 

प्रहरीले उनलाई २०८० पुस २४ गते पक्राउ गरेको थियो। पक्राउका बेला उनको निवासबाट १७ देशका विभिन्न मुद्रा सहित करिब ३० लाख ९२ हजार रुपैयाँ बराबर विदेशी रकम र ३ करोड ३४ लाख रुपैयाँ नगद बरामद गरिएको थियो।

 

यद्यपि, बम्जनविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अर्को मुद्दा भने अझै सर्वोच्च अदालत मा विचाराधीन रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर