LIVE NEWS
 ९ वर्षीय बालकको चमत्कारिक कीर्तिमान: समुद्र पार गर्दै विश्वलाई चकित!समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नसेवाग्राहीहरूले अब टाढाका मालपोत कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेअस्पतालमा अनुमति बिना भिडियो खिचे वा होहल्ला गरे तुरुन्त कारबाही हुनेअब लापरबाही महँगो पर्ने: सडक दुर्घटनामा कडा सजायको प्रस्तावबँदेल धपाउने प्रयास बन्यो अन्तिम यात्रा—सर्लाहीमा दर्दनाक घटनाबालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्न

 ९ वर्षीय बालकको चमत्कारिक कीर्तिमान: समुद्र पार गर्दै विश्वलाई चकित!

जनकपुरधाम। अत्यन्त सानो उमेरमै असाधारण साहस देखाउँदै ९ वर्षीय बालक ईशांक सिंहले श्रीलंकाबाट भारतसम्म करिब ३० किलोमिटर दूरी पौडी खेलेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

 

उनले करिब ९ घण्टा ५० मिनेटको समय लगाएर समुद्र पार गर्दै यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। यति कम उमेरमा यति ठूलो चुनौती पार गर्नु आफैंमा अत्यन्तै प्रेरणादायी र उल्लेखनीय मानिएको छ।

 

ईशांकको यस उपलब्धिले केवल उनको व्यक्तिगत क्षमता मात्र होइन, बालबालिकामा पनि दृढ इच्छाशक्ति, मेहनत र आत्मविश्वास भए असम्भव जस्तो देखिने लक्ष्य समेत पूरा गर्न सकिन्छ भन्ने सशक्त सन्देश दिएको छ।

 

उनको यो साहसिक यात्राले विश्वभरका बालबालिका र युवापुस्तालाई नयाँ उचाइ छुने प्रेरणा दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर