LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

अस्पतालमा अनुमति बिना भिडियो खिचे वा होहल्ला गरे तुरुन्त कारबाही हुने

काठमाडौं: स्वास्थ्य मन्त्री नीशा मेहता ले अस्पतालभित्र अनधिकृत रूपमा फोटो–भिडियो खिच्ने र होहल्ला गर्ने प्रवृत्ति नियन्त्रण गर्न कडा निर्देशन दिएकी छन्। स्वास्थ्य मन्त्रालयले २०८३ वैशाख १६ गते जारी गरेको नयाँ नियमअनुसार अब अस्पतालको अनुमति बिना भिडियो खिच्ने, अन्तर्वार्ताको नाममा भीडभाड गर्ने वा चिकित्सकको काममा अवरोध पुर्‍याउनेलाई तत्काल नियन्त्रणमा लिइनेछ।

 

मन्त्रालयका अनुसार बिरामीको गोपनीयता उल्लंघन गर्ने र अस्पतालमा अराजकता फैलाउने व्यक्तिमाथि ‘मुलुकी अपराध संहिता’ अनुसार कानुनी कारबाही गरिनेछ। मन्त्री मेहताले उपचारप्रति असन्तुष्टि भएमा तोडफोड वा अव्यवस्थित व्यवहार नगरी सम्बन्धित निकायमा उजुरी दिन आग्रह गर्दै नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गरिने चेतावनी दिएकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर