LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अब लापरबाही महँगो पर्ने: सडक दुर्घटनामा कडा सजायको प्रस्ताव

काठमाडौं — सडक दुर्घटनाको नाममा हुने ज्यान जाने घटनालाई नियन्त्रण गर्न कडा सजायसहितको नयाँ विधेयक प्रस्ताव गरिएको छ।

प्रस्ताव अनुसार, यदि कुनै चालकले ज्यान मार्ने नियतका साथ सवारीसाधन प्रयोग गरी कसैलाई ठक्कर दिएर मृत्यु गराएमा त्यस्तो घटनालाई ‘हत्या’ सरह मानिनेछ। दोषी ठहरिएमा जन्मकैदसम्मको सजाय हुने व्यवस्था राखिएको छ।

त्यस्तै, ज्यान मार्ने नियत नभए पनि चरम लापरबाही वा असावधानीका कारण भएको दुर्घटनाबाट कसैको मृत्यु भएमा चालकलाई ३ वर्षदेखि १२ वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।

यसैगरी, बिना लाइसेन्स सवारी चलाएर दुर्घटना गराई मृत्यु गराएमा माथि उल्लेखित सजायसँगै थप २० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था प्रस्तावमा समेटिएको छ।

उक्त प्रस्तावले सडक सुरक्षा कडा बनाउने र दुर्घटनाको नाममा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर