LIVE NEWS
बँदेल धपाउने प्रयास बन्यो अन्तिम यात्रा—सर्लाहीमा दर्दनाक घटनाबालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्नलमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्याननिर्माण क्षेत्रमा ‘सुनामी’, मधेसका व्यवसायीको चेतावनीहजारौं श्रद्धालुको शाही स्नान: दुधमती नदीमा लुकेको सीतामातासँग सम्बन्धित अद्भुत आस्था र विश्वास…मटिहानी, महोत्तरीको मटिहानीमा टोल विकास संस्थाहरूको प्रभावकारिता बढाउने उद्देश्यका साथ एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्नसरकारको कदमविरुद्ध प्रदर्शन, नेता नै समातिए

बँदेल धपाउने प्रयास बन्यो अन्तिम यात्रा—सर्लाहीमा दर्दनाक घटना

जनकपुरधाम :सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको दुःखद मृत्यु भएको छ। लालबन्दी नगरपालिका–१५ पिडखोल्सी निवासी ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) को ज्यान गएको हो।

 

स्थानीयका अनुसार, मकैबारीमा पटक–पटक क्षति पुर्‍याउँदै आएको बँदेललाई धपाउन जाँदा एक्कासी आक्रमण भएको थियो। आक्रमणमा परेर गम्भीर घाइते भएका थिङलाई उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि शव परिवारलाई जिम्मा लगाइने बताइएको छ।

 

यस घटनाले स्थानीयमा त्रास फैलिएको छ भने जंगली जनावरको जोखिम नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग बढेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर