LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

बालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्न

महोत्तरी: महोत्तरीको जलेश्वरमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्न भएको छ । “गुणस्तरीय समावेशी प्रारम्भिक बालविकास तथा शिक्षाका लागि साझेदारी” भन्ने मूल नाराका साथ वैशाख ९ गतेदेखि सुरु भएको सो तालिम शिक्षकहरूको दक्षता अभिवृद्धि गर्दै सम्पन्न भएको हो ।

रतौली युवा क्लब (RYC) को आयोजना, सेभ द चिल्ड्रेन र सार्क डेभलपमेन्ट फण्डको साझेदारी तथा पिपरा गाउँपालिकाको समन्वयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । जलेश्वर–२ स्थित मामाज किचनको सभाहलमा आयोजित तालिमको मुख्य उद्देश्य शिक्षकहरूलाई पाठ्यक्रममा आधारित साक्षरता र गणितीय सीपका बारेमा दक्ष बनाउनु रहेको आयोजकले जनाएको छ ।

तालिमको मुख्य उद्देश्य पिपरा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास केन्द्र (ECED) का शिक्षकहरूलाई पाठ्यक्रममा आधारित साक्षरता र गणितीय सीपका बारेमा दक्ष बनाउनु रहेको थियो। तालिमका दौरान शिक्षकहरूलाई निम्न विषयमा प्रशिक्षित गरिएको थियो:

सर्वाङ्गीण विकास: एकीकृत बालविकासको मर्म अनुसार बालबालिकाको शारीरिक, मानसिक र रचनात्मक विकासका लागि क्रियाकलाप सञ्चालन गर्ने।

 

​स्थानीय सामग्रीको प्रयोग: महँगो शैक्षिक सामग्रीको साटो स्थानीय स्तरमै उपलब्ध वस्तुहरूबाट सिकाउने सामग्री निर्माण गर्ने।

प्रतिक्रिया
सम्बन्धित खवर