LIVE NEWS
बालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्नलमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्याननिर्माण क्षेत्रमा ‘सुनामी’, मधेसका व्यवसायीको चेतावनीहजारौं श्रद्धालुको शाही स्नान: दुधमती नदीमा लुकेको सीतामातासँग सम्बन्धित अद्भुत आस्था र विश्वास…मटिहानी, महोत्तरीको मटिहानीमा टोल विकास संस्थाहरूको प्रभावकारिता बढाउने उद्देश्यका साथ एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्नसरकारको कदमविरुद्ध प्रदर्शन, नेता नै समातिएडोजर vs सुकुमबासी: थापाथलीमा टकरावको काउन्टडाउन!

बालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्न

महोत्तरी: महोत्तरीको जलेश्वरमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्न भएको छ । “गुणस्तरीय समावेशी प्रारम्भिक बालविकास तथा शिक्षाका लागि साझेदारी” भन्ने मूल नाराका साथ वैशाख ९ गतेदेखि सुरु भएको सो तालिम शिक्षकहरूको दक्षता अभिवृद्धि गर्दै सम्पन्न भएको हो ।

रतौली युवा क्लब (RYC) को आयोजना, सेभ द चिल्ड्रेन र सार्क डेभलपमेन्ट फण्डको साझेदारी तथा पिपरा गाउँपालिकाको समन्वयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । जलेश्वर–२ स्थित मामाज किचनको सभाहलमा आयोजित तालिमको मुख्य उद्देश्य शिक्षकहरूलाई पाठ्यक्रममा आधारित साक्षरता र गणितीय सीपका बारेमा दक्ष बनाउनु रहेको आयोजकले जनाएको छ ।

तालिमको मुख्य उद्देश्य पिपरा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास केन्द्र (ECED) का शिक्षकहरूलाई पाठ्यक्रममा आधारित साक्षरता र गणितीय सीपका बारेमा दक्ष बनाउनु रहेको थियो। तालिमका दौरान शिक्षकहरूलाई निम्न विषयमा प्रशिक्षित गरिएको थियो:

सर्वाङ्गीण विकास: एकीकृत बालविकासको मर्म अनुसार बालबालिकाको शारीरिक, मानसिक र रचनात्मक विकासका लागि क्रियाकलाप सञ्चालन गर्ने।

 

​स्थानीय सामग्रीको प्रयोग: महँगो शैक्षिक सामग्रीको साटो स्थानीय स्तरमै उपलब्ध वस्तुहरूबाट सिकाउने सामग्री निर्माण गर्ने।

प्रतिक्रिया
सम्बन्धित खवर