LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

लमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्यान

जनकपुरधाम । लुम्बिनी प्रदेश प्रहरीअन्तर्गत वडा प्रहरी कार्यालय लमहीको सक्रियतामा इनारमा खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ।

 

प्रहरी निरीक्षक रोशनराज पाण्डेय, प्रहरी वरिष्ठ नायव निरीक्षक युवराज चन्द, प्रहरी नायव निरीक्षक मनोहर चौधरी लगायतको टोलीले नेपाली सेनाका मेजर राजकुमार गिरीसँग समन्वय गर्दै तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए। तीव्र प्रयासपछि महिलालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको प्रहरीले जनाएको छ।

 

उद्धारपछि घाइते महिलालाई उपचारका लागि लमही अस्पताल लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ।

जनताको जीवनरक्षामा लुम्बिनी प्रदेश प्रहरी सधैं अग्रपंक्तिमा रहेको यस घटनाले पुनः प्रमाणित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर