LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

हजारौं श्रद्धालुको शाही स्नान: दुधमती नदीमा लुकेको सीतामातासँग सम्बन्धित अद्भुत आस्था र विश्वास…

जनकपुरधाम : मिथिलाञ्चलको प्राचीन तथा धार्मिक इतिहाससँग गहिरो रूपमा जोडिएको दुधमती नदी आज जानकी नवमी का अवसरमा श्रद्धालुहरूले भरिभराउ बनेको छ। हिन्दू धर्मग्रन्थअनुसार त्रेता युगसँग सम्बन्धित मानिने यो नदी माता सीता को जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विश्वास गरिन्छ।

कथनअनुसार, राजा जनक ले बाल्यकालमा सीताको पालनपोषणका लागि कामधेनु गाईबाट दूध पिलाउने व्यवस्था गरेका थिए। सो क्रममा सीताले पिएको दूधको फेनबाट दुधमती नदीको उत्पत्ति भएको धार्मिक विश्वास छ, जसले यस नदीलाई अत्यन्त पवित्र बनाएको छ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५, अर्जनमा टोलबाट मुहान लिएको करिब ४६ किलोमिटर लामो यो नदी जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म बगेर अन्ततः हराउने गर्दछ। मिथिलाञ्चलको सबैभन्दा पुराना नदीमध्ये एक मानिने दुधमती धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्व राख्छ।

 

आज जानकी नवमीका अवसरमा नेपाल र भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूले दुधमती नदीमा स्नान गरी पुण्य आर्जन गर्ने विश्वाससहित पूजा–अर्चना गरेका छन्। स्नानपछि श्रद्धालुहरू जानकी मन्दिर पुगेर माता सीताको पूजा–अर्चना गर्ने क्रम दिनभर जारी रहेको छ।

 

स्थानीयका अनुसार, यस पवित्र नदीमा स्नान गर्दा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ। जानकी नवमीका अवसरमा जनकपुरधाम क्षेत्रमा भक्तजनहरूको उल्लेखनीय भीड देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर