LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

डोजर vs सुकुमबासी: थापाथलीमा टकरावको काउन्टडाउन!

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन सुरक्षा निकायलाई दिएको निर्देशनपछि राजनीतिक तथा सामाजिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ।

 

प्रधानमन्त्री शाहले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल लगायत उच्च अधिकारीहरूलाई बोलाएर बागमती किनारको बस्ती आगामी शनिबार–आइतबारभित्र हटाउन निर्देशन दिएका हुन्।

 

यस कदमप्रति असन्तुष्टि जनाउँदै जेनजी अगुवा रक्षा बम ले यसलाई जनतामाथिको धोका र राजनीतिक बेइमानीको संज्ञा दिएकी छन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै ‘तपाईंले जानेको यत्ति मात्र हो?’ भन्दै आलोचना गरेकी छन्। उनले यो निर्णयलाई अपरिपक्वताको पराकाष्ठा र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनताप्रतिको चरम बेइमानी भएको आरोप लगाएकी छन्।

 

यसअघि थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउने प्रयास मेयर हुँदा नै प्रधानमन्त्री शाहले गरेका थिए। तर, स्थानीयको विरोध र अवरोधका कारण योजना सफल हुन सकेको थिएन।

 

हाल प्रधानमन्त्री बनेपछि पुनः सुरक्षा संयन्त्र परिचालन गरी सोही बस्ती हटाउने तयारी अघि बढाइएपछि नागरिक स्तरबाट विरोधका स्वर चर्किन थालेका छन्। सुरक्षा स्रोतका अनुसार अब काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्दै बस्ती हटाउने कार्यलाई अन्तिम रूप दिने तयारी भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर