LIVE NEWS
हजारौं श्रद्धालुको शाही स्नान: दुधमती नदीमा लुकेको सीतामातासँग सम्बन्धित अद्भुत आस्था र विश्वास…मटिहानी, महोत्तरीको मटिहानीमा टोल विकास संस्थाहरूको प्रभावकारिता बढाउने उद्देश्यका साथ एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्नसरकारको कदमविरुद्ध प्रदर्शन, नेता नै समातिएडोजर vs सुकुमबासी: थापाथलीमा टकरावको काउन्टडाउन!गृहमन्त्री सुदन गुरुङको राजीनामा, गृह मन्त्रालय प्रधानमन्त्री शाहकै जिम्मामासप्तरीमा पत्रकार महासंघको कार्यालय गेटमै धर्नासाउन १ देखि घरनजिकै नापी–मालपोत सेवा: २९२ स्थानीय तहबाट सुरु हुँदै

सप्तरीमा पत्रकार महासंघको कार्यालय गेटमै धर्ना

राजविराज : नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा आन्तरिक विवाद चर्किँदै जाँदा पत्रकारहरूले महासंघको कार्यालय गेटमै धर्ना दिएका छन्।

 

बुधबार सहसचिव कृष्ण मण्डलको नेतृत्वमा आन्दोलनरत पत्रकारहरू कार्यालय गेटमै बसेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले महासंघभित्र देखिएको विवाद समाधानतर्फ अध्यक्षले कुनै चासो नदेखाएको आरोप लगाएका छन्।

 

सहसचिव मण्डलले यसअघि नै महासंघलाई ४८ घण्टे अल्टिमेटम दिँदै विभिन्न मागहरू अघि सारेका थिए। तर, निर्धारित समयसीमा सकिँदासमेत मागप्रति कुनै ठोस पहल नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको आन्दोलनकारी पक्षको भनाइ छ।

 

यस घटनाले महासंघ सप्तरी शाखाभित्रको आन्तरिक विवाद झन् चर्किएको संकेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर